• Home
  • About BACSI
  • Gallery
  • News/Updates
  • Contact Us
  • Home
  • About BACSI
  • Gallery
  • News/Updates
  • Contact Us

BACSI

Bhaktapur Association Of Cottage & Small Industries

Fully independent non-government public body strive for promoting professional interest.

Recent Posts

  • बिषेश धन्यवाद सन्ताेष प्रजापतिज्युलाइ।सघकाे सचिवालय भवन निर्माणकाे लागि सरस्वति प्रजापतिकाे नाममा रू ५०००० अार्थिक सहयाेग गर्नु भएकाेमा।

    10 November, 2019

  • भक्तपुर घरेलु तथा साना उधोग संघको लोगो

    10 November, 2019

  • नेपाल कपडा तथा सिलाई व्यवसायी संघको कायॅकृममा

    10 November, 2019

  • कोसेली घर उद्घाटन

    25 July, 2019

Contact Us
  • Suryabinayak,Bhaktapur,4800,Nepal
  • Phone: +977-01-5177010
  • Email: info@bacsi.org.np

Follow Us On

Blog

News & Updates

कोसेली घर उद्घाटन

Uncategorized

भक्तपुरका घरेलु तथा साना उद्योगी व्यवसायीहरुको मौलिक एवं परम्परागत उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याइएको छ ।
भक्तपुर घरेलु तथा साना उद्योग संघले सञ्चालनमा ल्याएको उक्त कोसेली घरको मंगलबार एक कार्यक्रमबीच प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले उद्घाटन गरेका छन् ।
भक्तपुर नगरपालिका ९ तचपालस्थित विश्वसम्पदा दत्तात्रय मन्दिर परिसरमा सञ्चालनमा ल्याइएको कोसेली घरको रिबन काट्दै प्रदेशमन्त्री नेपालले पर्यटन उद्योगबाट सर्वसाधारण लाभान्वित हुनुपर्ने बताए ।
‘पर्यटन वर्ष सन् २०२० मा नेपाल भित्रिने २० लाख पर्यटकले गर्ने खर्च सर्वसाधारण जनतासम्म पुग्नुपर्छ’, उनले भने, ‘हामीले ठूल्ठूला उद्योग खोल्छौं भनेर सोच्न हुन्न । घरेलु तथा साना उद्योगमै जोड दिनुपर्छ ।’

प्रदेश नम्बर ३ का सांसद प्रतिमा श्रेष्ठले खुम्चिँदै आएको घरेलु तथा साना उद्योगका उत्पादनको बजारलाई विस्तार गर्न कोसेली घर सहयोगी हुने बताइन् । उनले घरेलु तथा साना उद्योगी व्यवसायीहरुको प्रतिस्पर्धी क्षमतासमेत बढाउनुपर्नेमा जोड दिइन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले नेपालका घरेलु तथा साना उद्योगका मौलिक उत्पादनको अनलाइन बिक्री वितरणको व्यवस्था गर्न महासंघले देशव्यापी तालिम सञ्चालन गर्न लागिएको जानकारी दिए । घरमै बसेर बजारीकरण गर्न सकिने अवस्था आएकोले सामाजिक सञ्जाल एवं सूचना तथा सञ्चार प्रविधिलाई उत्पादनमुखी बनाउन महासंघ लागिपरेको उनको भनाइ थियो ।

कार्यक्रममा भक्तपुर घरेलु कार्यालयका प्रमुख सुवोधकुमार शाह, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष वीरेन्द्र जती, सचिव प्रेम खर्बुजा, पूर्वअध्यक्ष चन्दनकृृष्ण श्रेष्ठलगायतले भक्तपुरका मौलिक एवं परम्परागत घरेलु उत्पादनको एकीकृत बजार प्रवद्र्धन गर्न कोसेली घर सघाउ पुग्ने विश्वास व्यक्त गरे । कोसेली सञ्चालनमा आएसँगै यहाँका घरेलु तथा साना उद्योगी व्यवसायीहरु उत्साहित भएका छन् ।

कोसेली घरमा भक्तपुरको परिचय बनेका एवं मौलिक उत्पादन काष्ठकला, नेपाली कागजका हस्तकला, नेवारी घरबुना कपडाका पुतली, खेलौना, हाकुपटासी, भादगाउँले कालो टोपी, टाइचिन चिउरा बिक्री वितरणका लागि राखिएका छन् । त्यस्तै धातु तथा ढलौटका कलाकृति, चित्रकला, भोजपुरे खुकुरी, मुकुन्डो, माटोबाट बनेका क्युरियो सामग्रीसमेत कोसेलीघरमा राखिएका छन् । कोसेली घरमा यहाँका मौलिक एवं परम्परागतसँगै ६० थरि स्थानीय उत्पादन राखिएको संघका अध्यक्ष जतीले जानकारी दिए । संघका अनुसार कोसेली घर सञ्चालन गर्न प्रदेश नम्बर ३ सरकारअन्तर्गतको पर्यटन विकास आयोजनाबाट १९ लाख रुपैयाँ आर्थिक अनुदान प्राप्त भएको थियो । त्यस्तै संघको तर्फबाट थप १२ लाख रुपैयाँ खर्च गरिएको छ ।

Tags: कोसेली घर पर्यटन
Next Post नेपाल कपडा तथा सिलाई व्यवसायी संघको कायॅकृममा
Related Articles

November 10, 2019

भक्तपुर घरेलु तथा साना उधोग संघको लोगो

BASCI OFFICIAL LOGO

By BACSI

November 10, 2019

नेपाल कपडा तथा सिलाई व्यवसायी संघको कायॅकृममा

भक्तपुर घरेलु तथा साना उधोग संघको सहभागिता

By BACSI

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECENT POSTS

  • बिषेश धन्यवाद सन्ताेष प्रजापतिज्युलाइ।सघकाे सचिवालय भवन निर्माणकाे लागि सरस्वति प्रजापतिकाे नाममा रू ५०००० अार्थिक सहयाेग गर्नु भएकाेमा।

    10 November, 2019

  • भक्तपुर घरेलु तथा साना उधोग संघको लोगो

    10 November, 2019

  • नेपाल कपडा तथा सिलाई व्यवसायी संघको कायॅकृममा

    10 November, 2019

  • कोसेली घर उद्घाटन

    25 July, 2019

Archives

  • November 2019 (3)
  • July 2019 (1)
About Us

Bhaktapur Association Of Cottage & Small Industries (BACSI) now fully independent non-government public body strive for promoting professional interest of Bhaktapur Association Of Cottage & Small Industries (BACSI)

Useful Links
  • Bhaktapur Municipality
  • Bhaktapur District Development Committee
  • Human Organ Transplant Center
  • Suryabinayak Municipality
  • Changunarayan Municipality
  • Madhyapur Thimi Municipality
Partners Iinks
  • Go Bhaktapur Dot Com
  • Namaste Bhaktapur Dot Com
  • Bhaktapur Tourism Development Committee
  • Indepth Monthly
Contact Us

Office Address
Suryabinayak,Bhaktapur
44800
Nepal

Phone: (977)01-6611026

Email: info@bacsi.org.np

© 2019 By Bhaktapur Association Of Cottage & Small Industries (BACSI) Hosted & Design By SITEMANDU. Powered By GO BHAKTAPUR DOT COM